शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित
काठमाडौं, असार १९ :

नेकपा (एकीकृत समाजवादी) को आजका लागि तय गरिएको सचिवालय बैठक स्थगित गरिएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकको तयारी पूरा नभएको र महासचिव घनश्याम भुसाल अस्वस्थ भएकाले बैठक रोकिएको हो।

‘तयारी पनि राम्रो पुगेको थिएन, फेरि महासचिवलाई अलिक सञ्चो नभएपछि बैठक स्थगित गर्नुपर्‍यो,’ उनले भने।

आज केहीबेर चलेको सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भयो । नेता मेटमणि चौधरीले रामकुमारीको प्रसंगबारे ब्रिफिङ गरे ।

झाँक्री अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको त्यस दिनको कार्यक्रममा चौधरी पनि उपस्थित थिए । स्रोतका अनुसार झाँक्रीले के प्रसंगमा बोलेकी हुन् भन्ने बारेमा चौधरीले बैठकमा प्रष्ट पार्ने प्रयास गरेका थिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको थियो।

अब सचिवालय बैठक २२ असारमा बस्ने तय गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार