बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे वनमन्त्रीलाई बर्खास्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे वनमन्त्रीलाई बर्खास्त
धनगढी, असार १९ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएको महिना दिन नपुग्दै उनी बर्खास्तीमा परेका हुन् ।

मुख्यमन्त्री  शाहले चौधरीलाई  असार ३ मा मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी सत्तारुढ दलको सहमतिअनुसार जेठ ४ मा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।

मन्त्री चौधरीले बजेट निर्माणमा चलखेल गरेको र कृषिमन्त्री हुँदा अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले  राजीनामा दिन निर्देशन दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार