शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
सुदूरपश्चिम प्रदेश

स्कुटर दुर्घटना हुँदा सुदूरपश्चिमका सभामुखका पीएसओ बोहराको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
स्कुटर दुर्घटना हुँदा सुदूरपश्चिमका सभामुखका पीएसओ बोहराको मृत्यु
कैलाली, फागुन २० :

सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार बिहान ११:३० बजे, बोहरा सवार सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर अनियन्त्रित भई धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा विद्युत् पोलमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । मध्याह्व १२:१५ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार