शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो
काठमाडौं, कात्तिक १३ :

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले  घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले  घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले  घटेर १८६ दशमलव ६४ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १७ अङ्कले घटेर १६५ दशमलव १६ मा पुगेको छ । आज विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर रु आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मूल्यमा खरिद बिक्री भएको छ ।  

तेह्रवटा उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो । आज १०२ कम्पनीको सेयर बढ्यो भने  १६९ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मेन्छियम हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, सोपान फार्मास्यूटिकल्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार