मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार विदेश

सिकागोमा नाइट क्लबबाहिर गोलीबारी : ४ जनाको मृत्यु, १४ घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० असार, २०८२ मा प्रकाशित
सिकागोमा नाइट क्लबबाहिर गोलीबारी : ४ जनाको मृत्यु, १४ घाइते
काठमाडौं, असार २० :

सिकागोको नाइटक्लब बाहिर गोलीबारी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । जसमा १४ जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

सिकागो प्रहरीले बुधबार स्थानीय समयअनुसार राति ११ बजे क्लब नजिकैबाट गाढा रङको कार गुडेको बताएको छ । त्यसमा रहेका बन्दुकधारीहरूले बाहिर उपस्थित मानिसहरूमाथि गोलीबारी गर्न थालेका हुन् ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भिड बाहिर निस्किरहेको थियो ।

प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको जनाएको छ । घटनामा संलग्न कोही पनि अहिलेसम्म नियन्त्रणमा आइपुगेको छैन ।

गोलीबारीबाट घाइते भएकाहरूलाई विभिन्न अस्पताल लगिएको छ । २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालमा भर्ना भएका चारजनाको अवस्था सिकिस्त छ । गोलीबारीबाट घाइते र मृतकको पहिचान अझै खुलाइएको छैन । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार