सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति खेलकुद फुटबल

प्रधानमन्त्री ओलीले ‘साम्बा एन्ड टिम, विस यु अल द बेस्ट’ भन्दै शुभकामना दिएपछि...

सरकार खेल क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
प्रधानमन्त्री ओलीले ‘साम्बा एन्ड टिम, विस यु अल द बेस्ट’ भन्दै  शुभकामना दिएपछि...
काठमाडाैं, असार २१ :

प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको फाइनल खेलअघि नेपाली महिला फुटबल टोलीलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट आज ‘भर्चुअल’ रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “साम्बा एन्ड टिम, विस यु अल द बेस्ट...” भन्दै आत्मविश्वासका साथ शुभकामना दिए त्यसबेला उज्वेकिस्तानबाट जोडिएका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले नमस्कारसहित हात हल्लाएर प्रतिक्रिया जनाइन् भने अन्य खेलाडीले ताली बजाएर धन्यवाद व्यक्त गरे।

प्रधानमन्त्री ओलीले श्रीलङ्कामाथिको विजयपछि टोलीको प्रदर्शनको प्रशंसा गर्दै उज्वेकिस्तानविरुद्धको फाइनलमा पनि नेपाल विजयी हुने विश्वास व्यक्त गरे। ‘देशको गौरव बढाउन तपाईंहरूले गरिरहनुभएको योगदानको म प्रशंसा गर्छु। ४० वर्षे संघर्षपछि नेपाली महिला फुटबलले नयाँ स्वर्णिम सफलता पाउनेछ। तपाईंहरूमा उच्च मनोबल छ, हामी जित्नेछौँ,’ प्रधानमन्त्रीले भने। उनले यो खेललाई टर्निङ पोइन्टका रूपमा लिनुपर्ने बताउँदै, सरकार खेल क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

कार्यक्रममा भर्चुअल रूपमा सहभागी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईले प्रधानमन्त्रीको शुभकामनाबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया जनाए।

प्रधानमन्त्री ओलीले हालै सम्पन्न स्पेन भ्रमणको क्रममा रियल म्याड्रिडको रङ्गशाला अवलोकन गरेको उल्लेख गर्दै, त्यस्तै सुविधा नेपालमा निर्माण गर्न सकिने सम्भावनाबारे सोच भइरहेको जानकारी दिनुभयो। खेल क्षेत्रलाई खर्च मात्र नभई आम्दानीको स्रोतका रूपमा लिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

प्रधानमन्त्रीको समर्थनप्रति आभार प्रकट गर्दै एन्फा अध्यक्ष नेम्वाङले सरकारले अघि सारेका पूर्वाधार विकासका प्रयासमा खेल क्षेत्रको साथ रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले रियल म्याड्रिडको रङ्गशाला अवलोकनमा प्रधानमन्त्रीको सहभागिता खेल विकासप्रतिको गहिरो चासोको संकेत भएको भन्दै त्यसले आफूहरूलाई थप प्रेरणा मिलेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार