बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ #मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ
राजनीति भिडियो

७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन, ५ दलका को-को छन् ? [नामसहित]

सभामुखले प्रतिनिधिसभा बैठकमा समितिमा रहने सदस्यको नाम पढेर सुनाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन, ५ दलका को-को छन् ? [नामसहित]
काठमाडौं, असार २३ :

निजामती सेवा विधेयकमा उल्लेख भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा विवाद चुलिएपछि प्रतिनिधिसभाले छानबिन तथा अध्ययन गर्न विशेष संसदीय समिति गठन गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यको नामावली सभामुखलाई दिएका हुन् । सभामुखले प्राप्त नामावली संसद्‌मा  वाचन गरेर सुनाउने कार्यक्रम छ ।

समितिमा पाँच दलका प्रतिनिधि समावेश छन् । नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट समितिमा ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य , माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की सदस्य छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित प्रतिवेदनमा उच्च पदस्थ निजामती कर्मचारीले सेवा निवृत्त भएपछि दुई वर्षसम्म सरकारी नियुक्ति पाउन नपाउने व्यवस्था थियो । तर, पूर्णसभाबाट पारित विधेयकमा सो व्यवस्था नरहेको भेटिएपछि विषय विवादित बनेको हो ।

 विधेयकको प्रक्रिया तथा परिवर्तनबारे अध्ययन गर्न संसदीय समिति गठन गरिएको सांसदहरूले बताएका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन दिन समय दिइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार