बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

अवकाश लिनेबारे देउवाको प्रतिक्रिया- अरुको कुरा नमान्ने ‘अप्ठ्यारो मान्छे’ हुँ

‘के गर्छु मेरो कुरा हो,कसैले भनेर गर्ने म होइन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
अवकाश लिनेबारे देउवाको प्रतिक्रिया- अरुको कुरा नमान्ने ‘अप्ठ्यारो मान्छे’ हुँ
काठमाडौं, असार २३ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कहिले र कसरी पदबाट अवकाश लिने भन्ने निर्णय अरूको दबाबमा नलिने स्पष्ट पारेका छन्।  

पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति पद छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाएपछि देउवाले त्यसप्रति प्रतिक्रिया दिएका हुन्।

शर्माले आफ्नो भनाइमा देउवालाई प्रधानमन्त्री तथा सभापति दुवै पदबाट अवकाश लिएर पार्टीलाई एकताबद्ध गर्ने भूमिका खेल्न आग्रह गरेका थिए। उनले देउवाको योगदानको प्रशंसा गर्दै, ‘सभापतिज्यूको उचाइ सगरमाथाभन्दा माथि पुग्छ,’ भन्ने अभिव्यक्ति दिएका थिए।

तर, शर्माको प्रस्ताव सकिनासाथ देउवाले हाँसोको साथ प्रतिक्रिया दिँदै भने, ‘मैले के गर्छु, मेरो कुरा हो। म अप्ठ्यारो मानिस हुँ, विचार गर्नुस्। कसैले भनेर गर्ने म होइन।’

उनको यस्तो जवाफले बैठकमा उपस्थित नेताहरूबीच हाँसोको माहोल सिर्जना भएको थियो। देउवाले पार्टी विधानअनुसार आफूलाई पाँच वर्ष र थप पाँच महिना कार्यकाल रहने स्पष्ट पारेका छन्। उनले कांग्रेसको महाधिवेशन पनि सोही प्रावधान अनुसार समयमै गरिने संकेत दिए।  देउवाले पार्टीको आगामी नेतृत्वबारे भने स्पष्ट धारणा नराखेपनि आफू तत्काल कुनै पनि दबाबमा नआउने संकेत दिएका छन्।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार