नारायणी नदी आसपासको क्षेत्रमा बाढीको जोखिम,माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह
मंगलबार, २४ असार, २०८२ मा
प्रकाशित
काठमाडौं, असार २४ :
रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको जनाएको छ ।
नदीमा जलसतह हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिशूली नदी रहेको क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको हो।
यसैबिच माथिल्लो भेगमा बाढी आएपछि चितवनको नारायणी नदी आसपासको क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गर्दै नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।