बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति भिडियो

गृहमन्त्रीप्रति ज्ञानेन्द्र शाहीको आक्रोश- जीबी राईलाई संरक्षण गर्न कति अर्बमा डिल गरियो ?

राईले झण्डै ७३ लाख ८१ हजार सर्वसाधारणको रकम ठगी गरेका छन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ असार, २०८२ मा प्रकाशित
गृहमन्त्रीप्रति ज्ञानेन्द्र शाहीको आक्रोश- जीबी राईलाई संरक्षण गर्न कति अर्बमा डिल गरियो ?
काठमाडौं, असार २४ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगीका फरार अभियुक्त जीबी राईलाई सरकारले संरक्षण गरिरहेको गम्भीर आरोप लगाएका छन्।

प्रतिनिधिसभामा मंगलबार बोल्दै उनले सरकार र गृहमन्त्रीमाथि ठाडो प्रश्न उठाउँदै भने, ‘हिजो प्रतिपक्षमा हुँदा ‘जीबी राई पक्रिन्छु’भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ?’

शाहीका अनुसार जीबी राईले झण्डै ७३ लाख ८१ हजार सर्वसाधारणको रकम ठगी गरेका छन्। उनले आरोप लगाए, ‘सरकारले जीबी राईलाई कति अर्बमा डिल गर्यो? यो खोजी हुनुपर्छ। अहिलेको सरकारले ठगलाई नै संरक्षण गरिरहेको छ।’

उनले स्पष्ट रुपमा भने, ‘जीबी राई अहिले कहाँ छन्? कुन ठाउँमा लुकेका छन्? यदि नेपाल सरकारले साँच्चै चाह्यो भने पक्रन नसक्ने कुनै कानुनी आधार छैन।’

‘देश र जनताको पैसा यसरी खाइन्छ? सरकार किन मौन छ?’भन्दै उनले संसदमा आक्रोश पोखेका थिए। शाहीले जीबी राईलाई सरकारले लुकाएर राखेको दाबी गर्दै छानबिन र कारबाहीको माग दोहोर्‍याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार