मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार खेलकुद क्रिकेट

आइसिसी विश्वकप लिग-२ खेल्न जाने टिमको विदाइ

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
आइसिसी विश्वकप लिग-२ खेल्न जाने टिमको विदाइ
काठमाडौँ, भदौ २६ :

आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नका लागि आज राति क्यानडा जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ ।

क्यानडामा हुने सो शृङ्खला भदौ ३१ देखि सुरू हुनेछ ।

असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० शृङ्खला सुरु हुनेछ। दुवै शृङ्खलामा नेपालले चार-चार खेल गरी कुल ८ वटा खेल खेल्नेछ ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को शृङ्खला खेल्नेछ।

अक्टोबरमा हुने शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय टोलीका प्रशिक्षक मोन्दी देशाईले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार