काठमाण्डौँ , भदौ २७ :

आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्विस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ ।

युरोको मूल्य भने घटेको छ ।

आजका अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा पुगेको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७५ र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा कायम भएको छ ।

जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ३६ र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा रहेको छ । 

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।