
काठमाडौं, असार २७ :
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति-२०८२ सार्वजनिक गरिएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्रसमेत ३४ जिल्ला र ३१९ स्थानीय तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । २०६८ मा १.३५ प्रतिशत थियो । त्यस्तै प्रजनन दर प्रतिस्थापन तहभन्दा तल छ । प्रजनन दर प्रतिस्थापन तहभन्दा २.१ हुनुपर्नेमा १.९३ रहेको छ ।
त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५-५९ वर्ष उमेर समूहको जनसंख्या ६१.९ प्रतिशत छ । त्यस्तै जन्मका क्रममा लैंगिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ ।