
भारतबाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिमार्फत हालको सटही सीमा बढाएको हो ।
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै भने, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २५ सयसम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३ हजार कायम गरिनेछ ।’
यसैगरी गभर्नर पौडेलले आगामी वर्षको मौद्रिक नीतिमार्फत कर्जा वर्गीकरण र कर्जा नोक्सानी पुनरवलोकन गर्नेसमेत बताए । बढ्दो खराब कर्जा मध्यनजर गर्दै कर्जा वर्गीकरण र कर्जा नोक्सानी पुनरवलोकन गर्ने उनको भनाइ छ ।
यो पनि…
लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक : घरकर्जा सीमा ३ करोड पुग्यो, सेयर धितो कर्जाको सीमा पनि बढ्यो
चेक बाउन्ससम्बन्धी राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था
घर बनाउन एकै व्यक्तिले अब ३ करोडसम्म कर्जा पाउने