
नेपाली काँग्रेसको पदाधिकारी बैठक अहिले विहान ८:३० बजे बस्दैछ ।
काँग्रेसका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु र सिनियर नेताहरुको संयुक्त बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएको छ । आजको बैठकमा यो विषय संगै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयमा छलफल हुने बताईएको छ ।
हिजो बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेस र एमालेका सांसदहरुले उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए ।तर माओवादी केन्द्र र रास्वपाका सासंदहरुले भने उपसभामुखमाथि महाअभियोगको प्रस्ताव ल्याइए प्रतिवाद गर्ने भनेका थिए ।
यसैगरी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले हिजोको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको थियो । उहाँले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।
सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उहाँले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने समेत बताउनुभयो । साथै उहाँले छानबिनमा सघाउने बताउनुभयो ।