
काठमाण्डौँ , भदौ २७ :
एन्फा महिला लिगको खेल तालिका परिवर्तन भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विज्ञप्ति जारी गर्दै एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो ।
यसअघि खेल तालिकामा दिउँसो सवा ४ बजे शुरु हने भनिएका खेल दिउँसो साढे ३ बजे शुरु हुने एन्फाले जनाएको छ ।
दुई खेल भएको दिन पहिलो खेल यस अघि जस्तै दिउँसो साढे १२ बजे र दोस्रो खेल दिउँसो साढे ३ बजे शुरु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
एन्फा वुमन्स लिगको चौथो राउन्डको खेल तालिका अनुसार आज १२ः ३० बजे कोशी प्रदेश र नेपाल पुलिस क्लब बीच खेल हुने छ ।
त्यस्तै, दिउसो ३ः ३० बजे कर्णाली प्रदेश र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने छ ।