काठमाडौं, असार २९ :

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १७औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनीता डंगोलले आइतबार बजेट प्रस्तुत गरिन् ।

बजेट अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुनेछ । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारका रूपमा विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखिएको डंगोलले जनाइन् । उनले बजेट ढिलाइ भएकोप्रति नगरवासी तथा नगरसभा सदस्यहरूसमक्ष माफीसमेत मागिन् ।

संविधानअनुसार स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान रहे पनि आन्तरिक द्वन्द्वका कारण काठमाडौं महानगरको बजेट ढिलो भएको हो ।

नगरसभा बैठकअघि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । मेयर शाहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको बताए । नगरसभामा काठमाडौं महानगरका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंको पनि उपस्थिति थियो ।

हेरौं थप तस्बिर :

 

 

 

 

 

 

 

तस्बिर : न्युज एजेन्सी नेपाल

यो पनि…

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
सामुदायिक विद्यालयमा स्पोर्ट्स एकेडेमी, उद्यमशीलता क्लब स्थापना गर्ने