
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ।
बल्खु सडकदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित उपकुलपति कार्यालयसम्म चक्काजामसहितको प्रदर्शन गरिएको नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले जानकारी दिए।
प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष दीपकराज जोशी, केन्द्रीय सदस्य डन्डीराज जोशी, ताहाचल क्याम्पसका नेता पुष्पराज बटालालगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले तीन बुँदे माग अघि सारेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, त्रिवि सिनेट बैठक विद्यार्थीको प्रतिनिधित्वबिना मान्य नहुने र सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरिएको हो।