शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार राजनीति शिक्षा

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै त्रिवि अगाडि नेविसंघको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै त्रिवि अगाडि नेविसंघको प्रदर्शन
काठमाडौं, असार ३० :

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ।

बल्खु सडकदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित उपकुलपति कार्यालयसम्म चक्काजामसहितको प्रदर्शन गरिएको नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले जानकारी दिए।

प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष दीपकराज जोशी, केन्द्रीय सदस्य डन्डीराज जोशी, ताहाचल क्याम्पसका नेता पुष्पराज बटालालगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले तीन बुँदे माग अघि सारेका छन्।  विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने,  त्रिवि सिनेट बैठक विद्यार्थीको प्रतिनिधित्वबिना मान्य नहुने र  सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरिएको हो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार