शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

माओवादी सांसदहरुको अबरोधका कारण संसद बैठक अबरुद्ध

· बुधबार, २७ भदौ, २०८१ मा प्रकाशित
माओवादी सांसदहरुको अबरोधका कारण संसद बैठक अबरुद्ध
काडमाडौँ, भदौ २७ :

प्रतिनिधि सभाको आजको बैठक अबरुद्ध भएको छ ।

माओवादी केन्द्रका सांसदहरुले एमाले सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेको र सो शब्द हटाउन गरेको मागलाई समामुखले नपर्ने भनेपछि संसदमा भनाभन भएको थियो ।

सभामुखले एमाले र मा‌ओवादीका सांसदहरुलाई बोल्न समय दिनुभएपनि समस्या समाधान नभएपछि संसदको बैठक नै स्थगित भएको हो ।

सभामुखले नियमित कार्यसूचीमा जान गरेको अनुरोधलाई मा‌ओवादी केन्द्रका सांसदहरुले अस्वीकार गर्नुभएको थियो । 

अब अर्को बैठक यही भदौ ३० गते आइतबार बस्ने भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार