शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार बागमती प्रदेश

भक्तपुर मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
भक्तपुर मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित पक्राउ
काठमाडौं, असार ३१ :

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।

चाँगुनारायण नगरपालिका–९ मा रहेको १४ रोपनी ४ आना जग्गाको मोही र तलसिङ कट्टा गरी मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि आचार्यले उक्त रकम घुसस्वरूप माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले निगरानी राखी उनलाई नियन्त्रणमा लिएको हो।

५४ वर्षीय आचार्य हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, फोर्सपार्क टोलमा बस्दै आएका छन् भने स्थायी ठेगाना उदयपुरको बेलका नगरपालिका–४, हरिपुर हो। उनीसँगै मालपोत कार्यालयका कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ।

राउत भक्तपुरको चाँगुनारायण नगरपालिका–९, राउत टोल घर भई हाल लोकन्थली बस्दै आएका छन्। अख्तियारको टोलीले उनीहरूको साथबाट दुई वटा मोबाइल फोन र सम्पूर्ण घुस रकम समेत बरामद गरेको जनाएको छ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको आधारमा खटिएको टोलीले मालपोत प्रमुख कुमार आचार्यको साथबाट मोबाइल डिभाइस तथा कार्यालय सहयोगी टीकाराम राउतको साथबाट घुस बापतको रकम २४ लाख ५० हजार रुपैयाँ र मोबाइल समेत बरामद गरी नियन्त्रणमा लिएको छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार