तनहुँ, भदौ २७ :

पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक आज बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने आँबुखैरेनी गाउँपालिकाको कार्यालय अगाडि को खहरेखोलाको पुलबाट बस खस्दा सो सङ्ख्यामा घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

 मुग्लिनबाट पोखरा जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् ।

 पुलको बीच भागमा खाली रहेको ठाउँबाट बस खसेको हो । घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ ।