सुर्खेत, साउन १ :

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा आज (बिहीबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष साउन १ गते कर्णाली प्रदेशभर यो पर्व मनाउने गरिन्छ ।

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले साउन १ गते (बिहीबार) प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेशको माथिल्लो भेकमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ ।