शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

मन्त्री अधिकारीको स्पष्टीकरण : अडियोको आवाज मेरो होइन, प्रमाणित भए सजाय भोग्न तयार छु

‘केही व्यक्ति मालपोत अधिकृत फिर्ता गराउन मसँग आएका थिए। मैले इन्कार गरेपछि अहिले चरित्र हत्या गर्न खोजे’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
मन्त्री अधिकारीको स्पष्टीकरण : अडियोको आवाज मेरो होइन, प्रमाणित भए सजाय भोग्न तयार छु
काठमाडौं, साउन १ :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गर्दै सार्वजनिक गरिएका अडियोहरूप्रति कडा प्रतिवाद गर्दै ती अडियोहरू नियोजित रुपमा बनाइएको दाबी गरेका छन्।

मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले उक्त अडियोमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै भने, ‘यदि त्यो अडियो मेरो हो, मैले मागेको कुरा हो भने, म जस्तोसुकै सजाय भोग्न तयार छु।’

अधिकारीले सार्वजनिक अडियोमा प्रयोग भएका शब्द र आवाज आफू र आफ्नो परिवारसँग मेल नखाने उल्लेख गरे। ‘अडियोमा आएका भाषा, बोल्ने व्यक्ति हामीसँग सम्बन्धित छैनन्,’ उनले भने।

पोखराको मालपोत कार्यालयसँग जोडिएको विवादमा आफूलाई र आफ्नो छोरालाई मुछेर चरित्र हत्या गर्ने प्रयास भइरहेको उनले आरोप लगाए। ‘मालपोत अधिकृत पुसमा नै सरुवा भइसकेका थिए, तर अहिले आएर अडियो बाहिर ल्याइएको छ,’ मन्त्री अधिकारीले भने।

उनले अडियो प्रकरण नियोजित रुपमा ल्याइएको भन्दै कतिपय व्यक्तिहरूले आफ्नो नाजायज उद्देश्य पूरा गर्न आफूलाई बदनाम गर्न खोजेको आरोप पनि लगाए।

‘कुनै योजना पूरा गर्न खोजेका व्यक्तिले मालपोत अधिकृत फिर्ता गराउन मसँग आएका थिए। मैले इन्कार गरेपछि अहिले चरित्र हत्या गर्न खोजिएको हो,’उनले स्पष्ट पारे।

यसअघि सार्वजनिक अडियोमा मन्त्री अधिकारीले मालपोत अधिकृतको सरुवा र आर्थिक लेनदेनमा संलग्न भएको दाबी गरिएको थियो। मन्त्री अधिकारीले देशमा यस्ता नियोजित हल्लाको पछि लाग्दा सिंगो व्यवस्थामै असर पर्ने चेतावनीसमेत दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार