मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

भारतीय समकक्षी मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाँदै

मोदी आगामी कात्तिकको पहिलो साता नेपाल आउने सम्भावना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ साउन, २०८२ मा प्रकाशित
भारतीय समकक्षी मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाँदै
फाइल तस्बिर।
काठमाडौं, साउन ४ :

प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ मा भारत भ्रमणमा जाने भएका छन्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुई दिनका लागि भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ। असोज १ गते उनी नेपाल फर्किनेछन्।

प्रधानमन्त्री कार्यालयका अनुसार यो भ्रमण अवधिमा ठुलो सहमति हुने सम्भावना कम भए पनि दुई देशबीचको सम्बन्ध राम्रो बनाउने र पुराना सहमति अगाडि बढाउने प्रयास हुने बताइएको छ। प्रधानमन्त्री भएको करिब एक वर्ष पुग्नै लाग्दा ओलीलाई समकक्षी मोदीबाट भारत भ्रमणको निम्तो आएको हो।

यो भ्रमणमा नेपाल–भारत सीमासम्बन्धी विषय प्राथमिकतामा पर्नेछ। ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सा संविधानमा समेटिएको थियो, जसप्रति भारत असन्तुष्ट देखिएको छ।

यसअघि बैंककमा भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच खुलेर कुरा हुन नसकेको पृष्ठभूमिमा यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।

साथै, प्रधानमन्त्री ओलीले दिएको निमन्त्रणाअनुसार भारतीय प्रधानमन्त्री मोदी आगामी कात्तिकको पहिलो साता नेपाल आउने सम्भावना रहेको छ। तर, मोदी काठमाडौं नआएर कुनै धार्मिक वा पर्यटकीय स्थलमा आउने र ओलीले त्यहीँ स्वागत गर्ने तयारीसमेत भइरहेको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार