राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानुन विभागका सदस्यहरु आइतबार आयोगमा पुगेर यसबारे चासो राखेका हुन् । निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए । उनले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्थाबारे आफूहरुले आयोगलाई झक्झक्याएको बताए।
आयोगले पार्टीले दिनुपर्ने कागजातहरु सबै पुगेको जानकारी गराएको पनि बताए । पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक-पटक बुझाएपनि अद्यावधिक नगरिएको आरोप उनको छ ।
उनले भने, ‘पार्टीको कानून विभागका कानून व्यवसायी साथीहरुसहित आउनुको कारण निर्वाचन आयोगले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्था देखियो । यो विलम्व नगर्नुपर्ने, यसमा केही कैफियत छ की त भनेर कुरा राख्न आएका थियौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुखज्युलाई सचिवज्युहरुसहित छलफल गरेका छौँ । पार्टीबाट बुझाइएका विवरणहरु सबै पुगेको छ भन्ने जानकारी गराए । हामीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाइरहेका छौँ । किन विलम्व भयो भन्नेकुरा गर्दा गर्दैछौँ भन्नेकुरा आयो ।’
अद्यावधिकको क्रममा द्रुत गतिमा अघि बढ्नुपर्ने माग आफूहरुले राखेको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने