काठमाडौं, साउन ५ :

आज साउन महिनाको पहिलो सोमबार,काठमाण्डौंको पशुपतिनाथ लगायत देशभरिका शिवालयहरुमा बिहानै देखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
 
साउनको पहिलो सोमबार हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिनको रुपमा लिईन्छ । 

देवघाट 

श्रावण महिनालाई भगवान् शिवको विशेष महिना र सोमबार शिवजीको प्रिय बार मानिन्छ । यस दिन श्रद्धालुहरूले व्रत बसि शिवलिङ्गमा जल चढाउने,बेलपत्र अर्पण गर्ने,मन्त्र जप गर्ने गर्दछन् ।  विशेषत साउनको महिनामा महिलाहरू हरियो लुगा लगाउने,हरियो चुरा लगाई शिव पूजामा सहभागी हुने चलन  छ।