बागलुङ, भदौ २८ :

बागलुङको काठेखोला गाउँपालिका- ७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुशल फेला परेका छन्। 

बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए । 

उनीहरूको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो । 

बेपत्ता अमृतालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरी मार्फत परिवारको जिम्मा लगाइएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो । 

सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो ।