शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक जारी, विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल

करिब २३० केन्द्रीय सदस्यले धारणा राख्न
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
एमाले केन्द्रीय कमिटी बैठक जारी, विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल
काठमाडौं, साउन ५ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरू भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा जारी बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरू भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्युरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो ।

बैठकमा विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताए ।

बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यबाहेक करिब २३० केन्द्रीय सदस्यले धारणा राख्न सक्नेछन् । विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद र एकै पदमा दुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको जनाइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार