
सुनसरी, साउन ५ :
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित राजाबास नजिक सप्तकोसी नदीमा नुहाउन गएका एक बालक आज बेपत्ता भएका छन्।
भोक्रहा नरसिंह गाउँपालिका–१ निवासी रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश मेहता सप्तकोसी नदीमा नुहाउन गएका बेला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार तीन जना बालक नदीमा नुहाउन गएका थिए। तीमध्ये दुई जना सकुशल बाहिरिए पनि दीपेश भने बेपत्ता भएका हुन्।
दीपेशको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। घटनास्थलमा स्थानीयवासीको समेत सहयोगमा खोजी कार्य जारी रहेको डीएसपी खतिवडाले बताए।