सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

२२ करोड ठगी प्रकरणमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
२२ करोड ठगी प्रकरणमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं, साउन ५ :

२२ करोड रुपैयाँ ठगीको आरोपमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले उनलाई टोखाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार अग्रवालले सेयर कारोबारको नाममा लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूमाथि ठगी र विश्वासघात गर्दै आएका थिए।

नेपाल धितोपत्र बोर्डले अग्रवालविरुद्ध अनुसन्धान अघि बढाएपछि प्रहरीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए।

सेयर बजारमा चर्चित मानिने अग्रवालले सस्तोमा सेयर किनेर सामाजिक सञ्जालमार्फत मूल्य बढ्ने झुटा आश्वासन दिँदै लगानीकर्ता तान्थे। त्यसपछि भने आफैंले ती सेयर महँगोमा बिक्री गर्थे। धितोपत्र बोर्डमा उजुरी परेपछि उनीविरुद्ध अनुसन्धान अगाडि बढेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार