शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

‘कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक छ’

कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छ : सभापति देउवा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
‘कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक छ’
काठमाडौं, साउन ५ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी समाजवादी भएको बताएका छन् । उनले प्रतिस्पर्धी पार्टीमध्ये कांग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको दाबी पनि गरे ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रममा उनले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए ।

कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे । कांग्रेस सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद भएको पार्टी भएको उनको दाबी छ । उनले कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनसके बहुमत प्राप्त गर्ने पार्टीका रुपमा अघि बढाउन सकिने बताए ।

‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्त्वपूर्ण कुरा छ । प्रतिस्पर्धी पार्टीहरुमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक छ,’ उनले भने, ‘सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरुलाई अझ व्यापक रुपमा बुझाउनसके नेपालमा नेपाली कांग्रेस एउटा ठुलो पार्टी त छँदै छ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ ।’

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरुलाई कांग्रेसमा समेट्न जरुरी रहेको बताए । उनले भने, ‘अहिलेको समावेशी, समानुपातिक आधारमा जो व्यवस्था छ, त्यसले सबै तहका नेपालका सबै दाजुभाइ दिदीबहिनीहरुलाई समावेश गर्ने किसिमको समावेशी सिद्धान्तका आधारमा संविधान बनेको छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार