मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

देउवालाई चाक्सीबारी बैठकको निर्णय सुनाइयो

सातबुँदे सहमतिअनुसार सरकार नचलेकोप्रति ध्यानाकर्षण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ साउन, २०८२ मा प्रकाशित
देउवालाई चाक्सीबारी बैठकको निर्णय सुनाइयो
काठमाडौं, साउन ६ :

नेपाली कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर चाक्सीबारी बैठकको निर्णय सुनाएका छन् ।

मंगलबार बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा पुगेर नेताहरुले सातबुँदे सहमतिमा उल्लेखित विषयहरूसंविधान संशोधन, संघीयताको कार्यान्वयन, समावेशिता तथा गठबन्धनको दीर्घकालीन नीतिबारे गम्भीर छलफल आवश्यक रहेको भन्दै सभापतिको ध्यानाकर्षण गराएका छन् ।

साथै उनीहरूले सरकार सञ्चालनमा सहमति अनुरूपको कार्यान्वयन नदेखिएको बताउँदै गठबन्धनको मर्म अनुसार नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने माग राखे।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठले महत्त्वपूर्ण र रणनीतिक निर्णयहरू गर्दा आफूहरूलाई बेवास्ता नगरियोस् भन्ने आग्रह सभापतिसमक्ष राखिएको र देउवाले त्यसलाई सकारात्मक रूपमा लिएको जानकारी दिए।

नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेतृ विद्या भण्डारीसँग गरेको भेटको विषयमा पनि छलफल भएको बताइएको छ।

सोमबार चाक्सीबारीमा बसेको कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीको बैठकले  एमालेसँग भएको सातबुँदे सहमतिअनुसार सरकारको कामकारबाही अघि नबढेको निष्कर्ष निकालेको थियो ।

भेटमा उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार