
गेट्टी इमेज : प्रतीकात्मक तस्बिर ।
काठमाडौं, साउन ८ :
रुसमा ५४ जना चढेको यात्रुवाहक विमान बेपत्ता भएको छ । उक्त विमानसँग हवाई ट्राफिक नियन्त्रकहरूको सम्पर्कविच्छेद भएको थियो ।
समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार यो जानकारी त्यस क्षेत्रका गभर्नरले दिएका हुन् । गभर्नरले विमानको खोजी जारी रहेको पनि जनाएका छन् ।
एजेन्सीका अनुसार स्थानीय आपतकालीन मन्त्रालयले चीनको सीमामा रहेको अमुर क्षेत्रको टिन्डा सहरनजिक पुग्दा विमान राडारबाट बेपत्ता भएको बताएको छ ।
त्यस क्षेत्रका गभर्नर भासिली ओर्लोभले प्रारम्भिक तथ्यांकअनुसार विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताए ।
उनले टेलिग्राममा लेखेका छन्, ‘विमान खोज्न सबै आवश्यक बल र साधनहरू तैनाथ गरिएको छ ।’