महँगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ । क्रान्तिकारी युवा संघ नेपालले बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध र्याली गरेको हो ।
उनीहरुले महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय र अत्याचारको विरुद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल र्याली गरेका हुन् । ललितपुरको कुपण्डोलबाट सुरु भएको र्याली लगनखेल, बल्खु, कालिमाटी, वनस्थली, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै सिफलमा पुगेर टुंगिने छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।