मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

सदनमा थानीको प्रश्न- अख्तियारसम्बन्धी विधेयक थन्क्याएर किन राखेको ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
सदनमा थानीको प्रश्न- अख्तियारसम्बन्धी विधेयक थन्क्याएर किन राखेको ?
काठमाडौं, साउन ८ :

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिलाई थन्क्याएर राखेका भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर बुझाएको विधेयकमाथि मूल समितिमा छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

अहिले अख्तियारसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छ । सांसद थानीले सँगै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयकले कानुनको रुप लिइसक्दा पनि अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राख्नुको कारण के हो ? भन्दै प्रश्न गरे ।

‘मुलुकमा ठुला-ठुला भ्रष्टाचारहरु नीतिगत निर्णयका माध्यमबाट हुने अख्तियारको सर्वेक्षण र दाबी र ऐनमा पनि नीतिगत निर्णयको व्याख्या गरिदिन बारम्बार अनुरोध गरेको परिप्रक्ष्यमा यदि नीतिगत निर्णयको व्याख्याकै कारण उक्त विधेयक रोकिएको हो भने मुलुकका लागि कदापि राम्रो हुँदैन,’ उनले भने, ‘विधेयकमाथि छलफल गराउन सकारलाई रुलिङ गराउन सभामुखसँग अनुरोध गर्दछु ।’

उनले विधेयकमाथि छलफल गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षणसमेत गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार