सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार अर्थतन्त्र

‘पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
‘पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ’
काठमाडौं, साउन ८ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोसी प्रदेश’ कार्यक्रममा उनले भने, ‘पर्यटन पूर्वाधार विकासका लागि लगानी आवश्यक पर्छ । सरकार एक्लैले सबै कुरा गर्न सक्दैन । यसका लागि निजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्नुपर्छ ।’
 
मन्त्रालयले अहिले नीतिगत सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई सहज लगानीको वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । उनले भने, ‘पर्यटन मन्त्रालयसँग सबैतिरबाट अपेक्षा धेरै हुने भए पनि सरकारले निर्माण गर्ने बजेट प्राथमिकतामा कम पर्ने गरेको छ । अन्य मन्त्रालयको तुलनामा पर्यटन मन्त्रालयको बजेटको आकार निकै सानो छ । त्यसकारण सीमित स्रोतसाधनका बीच हामीले काम गर्ने प्रयासहरु गरिरहेका छौं ।’

मन्त्री पाण्डेले नेपाललाई दृश्यको माध्यमबाट अझ सुन्दर बनाउन देखाउन हामी सबैले लाग्‍नुपर्नेसमेत बताए  । मन्त्री पाण्डेले देशभन्दा बाहिरको मानिस एकपटक आएपछि पटकपटक आउने वातावरण सिर्जना गर्न गरी काम भइरहेको उल्लेख गरे । उनले थपे, ‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई दृश्यमा ल्याउन सकेमा पर्यटन विकास हुने र यसले आर्थिक समृद्धिको मार्ग तय गर्छ ।’

मन्त्री पाण्डेले किरात सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कोसी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसला प्रदान गर्न संघ सरकार प्रतिबद्ध भएकोसमेत मन्त्री पाण्डेले बताए ।

प्रकृति र संस्कृतिलाई सँगसँगै लैजानुपर्ने उल्लेख गरे । उनले भने, ‘सगरमाथा जसरी उभिएको छ, त्यो गौरव, यससँग जोडिएको हाम्रो विचार, त्यो गौरवसँग जोडिएको हाम्रो दर्शन र हाम्रो अभिभारालाई पूरा गर्न हाम्रा प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरहरुको कथा हामीले सुनाउनुपर्छ र देखाउनुपर्छ ।’

मन्त्री पाण्डेले हाम्रा कैयौं पर्यटकीय गन्तव्यको खोज तथा अन्वेषण नै हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुको अनुसन्धान र अन्वेषण गर्ने र त्यसबाट समग्रमा देशलाई नै लाभान्वित बनाउने काममा हामी काम गरिरहेको जनाए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पछिल्लो समय पर्यटकहरुको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गरे । उनले भने, ‘पछिल्ला वर्षहरुमा पर्यटकको प्रवृत्ति बदलिएको छ । भएका गन्तव्यभन्दा आफैं गन्तव्य खोज्दै हिँड्ने पर्यटकहरुको संख्यामा विस्तारै वृद्धि भइरहेको छ ।’

सीईओ जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीतसंगीतका भिडियोहरुले पनि नेपालका पर्यटकीय गन्तव्यहरुको प्रचार-प्रसार गरिरहेको बताए । उनले नेपालका गन्तव्यहरुको ब्रान्डिङ गरेर विदेशी पर्यटकलाई नेपाल ल्याउने प्रवर्द्धनात्मक कामहरु गर्न सबै निकायसँग सहकार्य भइरहेकोसमेत बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार