सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार अर्थतन्त्र

पर्यटनमन्त्रीको आश्वासन- जनकपुरको सांस्कृतिक समृद्धि संरक्षण गर्न प्रतिबद्ध छु

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
पर्यटनमन्त्रीको आश्वासन- जनकपुरको सांस्कृतिक समृद्धि संरक्षण गर्न प्रतिबद्ध छु
काठमाडौं, साउन ८ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बृहत् जनकपुर क्षेत्र विकास परिषद्‌मा देखिएको दीर्घकालीन समस्या समाधानका लागि मधेस प्रदेशका सभामुखसहित धनुषा र महोत्तरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग विशेष छलफल गरेका छन् ।

परिषद्का प्रतिनिधिसँग पटक-पटकको संवादबाट समस्या समाधान नहुँदा मन्त्री पाण्डेले संघीय सांसदहरूसँग प्रत्यक्ष छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री पाण्डेले परिषद् स्थापनाकालदेखि नै यसमा विविध समस्या रहँदै आएको स्मरण गराए । उनले भने, ‘परिषद् लामो समयदेखि समस्याग्रस्त छ, विनियमावली नबन्नु र संरचनागत अस्पष्टता मुख्य चुनौती बनेको छ ।’

छलफलमा सांसदहरूले  ९ सय बिघा अपचलनमा परेको भन्ने विषयमा पनि गम्भीर छानबिन हुनुपर्ने बताए । सांसदहरूले परिषद्को हालको संरचनाले काम गर्नै नसक्ने स्थिति सिर्जना भएको जनाउँदै यसको पुनःसंरचना अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

छलफलमा सहभागी सांसदहरूले जनकपुर क्षेत्रको ऐतिहासिक र धार्मिक महत्त्वलाई दृष्टिगत गर्दै परिषद्को प्रभावकारिता वृद्धि गर्न माग गरे ।

धनुषा र महोत्तरी क्षेत्रका सांसदहरूले यस्तो संवेदनशील विषयमा पहिलोपटक गम्भीर छलफल भएको भन्दै मन्त्री पाण्डेलाई धन्यवाद दिएका थिए ।

मन्त्री पाण्डेले छलफलका क्रममा भने, ‘सांसदहरूको सुझाव महत्त्वपूर्ण छन् । यसलाई कार्यान्वयनमा लैजान म स्वयं प्रतिबद्ध छु । जनकपुर क्षेत्रको समुचित विकासका लागि परिषद्को पुनरावलोकन र आवश्यक सुधारको कार्य अघि बढ्छ ।’

जनकपुर क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक समृद्धिलाई संरक्षित गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको परिषद् पछिल्ला केही वर्षयता निष्क्रियजस्तै रहँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार