बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र बैंक/बीमा

५० दरको ४२ करोड नोट छाप्न राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
५० दरको ४२ करोड नोट छाप्न राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
काठमाडौं, साउन ९ :

नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० दरका ४२० मिलियन अर्थात् ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्न अन्तर्राष्ट्रिय स्तरको  बोलपत्र आह्वान गरेको हो । बोलपत्र सिंगल स्टेज टू इन्भेलोप प्रणालीबाट हुनेछ ।

प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्न भनिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्य आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा यूएस डलर १४६, यूरो १२६ र पाउन्ड १०९ निर्धारण गरिएको छ ।

बोलपत्र खरिद गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्नेछ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ । बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार