शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले नेपाललाई दक्षिण एसियामा नेत्र उपचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा तिलगंगा विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । नेपाललाई दक्षिण एसियाको आँखा उपचार केन्द्रका रुपमा विकास गर्न विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उनले नेपालमा हुने आँखा उपचार अन्य देशभन्दा छरितो, सरल, सहज र विश्वसनीय मात्र नभई लागतको दृष्टिले पनि निकै सस्तो रहेको दाबी गरे ।
‘नेपाल अहिले दक्षिण एसियामा नेत्र उपचारको केन्द्रका रुपमा स्थापित हुन खोजिरहेको छ । त्यो सम्भावना निकै देखिएको छ । र त्यो सम्भावनालाई यो विश्वविद्यालयको स्थापनाले महत्त्वपूर्ण योगदान पुर्याउनेछ । नेपालको आँखा उपचार विश्वसनीय, छरितो, सरल र सहज र सस्तो पनि छ,’ उनले भने, ‘बाहिरका देशहरुको आधाभन्दा कम खर्चमा नेपालमा आँखा उपचार भइरहेको छ । त्यसले गर्दा नेपालको आँखा उपचारको ठुलो सम्भावना छ । त्यसलाई यस विधेयकले सत्य साबित गर्नेछ ।’
नेपालको आँखा उपचार क्षमतालाई थप सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नेत्र उपचार तथा अनुसन्धानको हब बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री