सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

एमाले नेता कर्ण थापाको आरोप : अध्यक्ष र महासचिवकै नाममा देशभर गुट चलाइएको छ

गुटबन्दीले पार्टीलाई विभाजित र निष्क्रिय बनाउने खतरा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० साउन, २०८२ मा प्रकाशित
एमाले नेता कर्ण थापाको आरोप : अध्यक्ष र महासचिवकै नाममा देशभर गुट चलाइएको छ
काठमाडाैं, साउन १० :

नेकपा (एमाले)का स्थायी समिति सदस्य कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाममा देशभर गुटबन्दी सञ्चालन भइरहेको आरोप लगाएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले एमालेको दसौं महाधिवेशनपछि पार्टीभित्र गम्भीर गुटबन्दी बढेको उल्लेख गरेका छन्। उनले अध्यक्ष र महासचिवको नाम लिँदै कतिपय नेताहरूले आफ्ना स्वार्थ पूरा गर्न गुट बनाएर पार्टीको एकता कमजोर बनाउने काम गरिरहेको बताएका छन्।

थापाले पार्टी कार्यालयमै बसेर गुटलाई संरक्षण र समर्थन दिइएको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्। ‘कतिपय नेताहरू आफूलाई मात्र आधिकारिक ठान्छन् र अरूको योगदानको मूल्यांकन गर्दैनन्,’ उनले लेखेका छन्, ‘यस्ता प्रवृत्तिले पार्टीभित्र दोश्रो दर्जाको व्यवहार सिर्जना गरेको छ।’

उनले पार्टीभित्र जनताको बहुदलीय जनवाद (जबज) र आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर हुँदै गएको जिकिर गरेका छन्। गुटबन्दीले पार्टीलाई विभाजित र निष्क्रिय बनाउने खतरा रहेको भन्दै उनले यस्तो अवस्था अन्त्य नगरेसम्म एमाले निर्णायक राष्ट्रिय शक्ति बन्न नसक्ने चेतावनीसमेत दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार