
चितवन, साउन १३ :
चितवनस्थित नारायणी नदीमा हामफालेका एक युवक बेपत्ता भएका छन् ।
चितवन र नवलपुरपूर्व जोड्ने नारायणी नदीको पुलबाट मंगलबार बिहान हाम फालेका करिब २० वर्षीय युवक बेपत्ता भएका हुन् । बेपत्ताको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका एसपी यादव ढकालका अनुसार बेपत्ता युवकको परिचय खुल्न सकेको छैन ।