मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री #कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री
राजनीति

विशेष महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न जनार्दन शर्माको प्रस्ताव

‘अर्थतन्त्रको पुनःसंरचना र पार्टी पुनर्गठनबाट मात्रै संकट समाधान सम्भव छ ।’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
विशेष महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न जनार्दन शर्माको प्रस्ताव
काठमाडौं, साउन १३ :

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनमार्फत पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

पार्टीले आफूविरुद्ध गुटबन्दी र विभाजनको आरोप लगाएको भन्दै सामाजिक सञ्जालमार्फत चार बुँदे धारणा सार्वजनिक गरेका उनले पार्टीभित्र वैचारिक अस्पष्टता, राजनीतिक अन्योल र सांगठनिक अराजकता रहेको बताएका छन्।

उनले विशेष महाधिवेशनबाट नयाँ पुस्ताको भावना समेट्ने कार्ययोजना बनाउनुपर्ने बताए। सत्तापक्षसँगको दुई बुँदे सहमतिले पार्टीको साख गिरेको उल्लेख गर्दै शर्माले संविधान संशोधन, अर्थतन्त्रको पुनःसंरचना र पार्टी पुनर्गठनबाट मात्रै संकट समाधान सम्भव हुने दाबी गरेका छन्।

शर्माले कुशासन, भ्रष्टाचार र जनसरोकारका विषयमा बेवास्ताले जनतामा निराशा फैलिएको भन्दै समस्याको पहिचान र समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्टि जनाएसँगै माओवादी केन्द्रभित्रको आन्तरिक विवाद सतहमा आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार