मिथिलाञ्चलका मन्दिरहरुमा साँझपख झुलनोत्सवको रौनक सुरु भएको छ ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीले मठ-मन्दिरमा झुला महोत्सव धुमधामसाथ मनाउन सुरु गरेका हुन् । साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको झुलनोत्सव साउन पूर्णिमासम्म चल्ने गर्छ । झुलनोत्सवमा भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा छ ।
यसका लागि जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ । एकातर्फ भगवान् रामजानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजन किर्तन र लोक कथाहरु सुनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।
मणिपर्वत विधिबाट सुरु भएको झुलनोत्सवका क्रममा प्रत्येक साँझ कजरी मलारलगायतको धार्मिक महत्त्व झल्किने गीत गाएर भगवान्लाई झुला झुलाउने परम्परा छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलारजस्तै झुलाको परम्परासमेत लोपोन्मुख अवस्थामा पुगेको छ । यद्यपि देशमा माओवादी सशस्त्र द्वन्द्वपछि विस्तारै झुलनोत्सवमा ह्रास आएको उत्तराधिकारी महन्तको भनाइ छ ।
उनले हिन्दु धर्मावलम्बीको यो विशेष परम्परालाई जोगाउन तीनै तहको सरकारले ध्यान दिन नसकेको गुनासो गरे । मिथिलाञ्चलको मठ-मन्दिरमा साउनभर झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको मध्यरातमा झुलनोत्सवको धागो काटेर विधिवत रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो