शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार भिडियो

‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठुला नदीले खतराको तह पार गरेनन्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठुला नदीले खतराको तह पार गरेनन्’
काठमाडौं, साउन १४ :

नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् । जनधनको क्षति पनि ठूलो भएको छ । तर देशभरका कुनैपनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन् ।

यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठूला नदीहरुमा बाढीले खतराको तह पार गर्न सकेको छैन । आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरुमा खतराको तह भन्दा बढी बाढी नजाने उनको भनाइ छ ।

साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्ने उनले बताए । आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान रहेको बताए ।  उनले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिव ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताए । हालका दिनहरुमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने बताए । 

उनले भने, ‘रसुवामा गत राति मध्यम किसिमको बाढी आएको देखिन्छ । करिब रातको १ बजे रसुवागढीको टिमुरेस्थित केन्द्रले ठूलो बाढी आएको बताएको छ । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो र केही नोक्शान गरेको छ की भन्ने हो । यसको जटिलता नुवाकोटसम्मै रहेको छ । पछिल्लो २४ घण्टामा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले यो क्षेत्रमा शतर्कता अपनाउनुहोला । नदी तटिय क्षेत्रमा जलविद्युत आयोजनाहरु जे जति छन्, ति आयोजनाहरुका क्षेत्रमा मुख्यतया शतर्कता अपनाउनुपर्छ । हिमताल नफुटेको र वर्षा मात्रैको अवस्था हो भने मध्यम किसिमको जोखिम छ, ठूलो जोखिम छैन । बस्तीहरु बाढी पस्ने सम्भावना छैन । मनसुन करिव डेढ महिना पार गर्दा देशका कुनैपनि ठूला नदीहरुमा खतराको तह पार गरेको छैन । आगामी तीन दिन पनि कुनै प्रमुख नदीहरुमा खतरा भन्दा बढी बाढी जाने सम्भावना छैन । साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्छ । आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान गरेका छौँ । आागमी २४ घण्टाका लागि यो जोखिम हो । पछिल्लो डेढ महिना मधेस प्रदेशमा एकदमै कम वर्षा भयो । करिव ५० प्रतिशत वर्षा सरदरलाई हेर्दा मनसुनको यो अवधिसम्म भइसक्नुपर्नेमा २० देखि २५ प्रतिशत मात्रै वर्षा भएको छ । हालसम्म पर्नुपर्ने समग्र वर्षाको आधा वर्षा पनि भएको छैन । अब केही सुधार देखिएको छ । पछिल्ला केही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी दिनमा पनि केही पानी पर्ला जस्तो देखिन्छ । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानको पछिल्लो शुद्धतालाई हेरेर तीन दिनसम्मको पूर्वानुमान गरिएको छ । मनसुन सक्रिय हुने देखिएको छ ।’

जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ । उनले रसुवाको भोटेकोशीमा मंगलबार राति आएको बाढी सामान्य रहेको बताए । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो देखिएको र केही नोक्शान गर्ने भएकाले पनि नदी छेउमा शतर्कता अपनाउन आग्रह गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार