काठमाण्डौं, भदौ २९ :
नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा छलफल हुने बताईएको छ ।
यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।