सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार विदेश

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ साउन, २०८२ मा प्रकाशित
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल
इस्लामावाद, साउन १६ :

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाइएको छ ।

सजाय सुनाइएकामाथि सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा सहभागी भएको आरोप छ । मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो । त्यसपछि देशभर हिंसात्मक प्रदर्शन सुरु भएको थियो ।

बिहीबारको फैसलालाई इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का लागि ठुलो झड्का मानिएको छ ।

सजाय सुनाइएकामा पाकिस्तानको राष्ट्रिय सभामा विपक्षी दलका नेता ओमर अयुब खान पनि समावेश छन् । जसलाई यसअघि नै १० वर्षको जेल सजाय सुनाइएको थियो ।

विपक्षी नेताहरूले आतंकवादविरोधी अदालतको निर्णयको निन्दा गरेका छन् । यस निर्णयमा पीटीआईका ६ सांसदलाई पनि अयोग्य घोषित गरिएको छ । -बीबीसी हिन्दी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार