काठमाण्डौं, भदौ २९ :

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने बिषयमा छलफल गरिने बताईएको छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्षको रुपमा रहने र प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।