बैंकक, साउन १७ :

थाइल्यान्डमा आँधीपछि आएको बाढी र पहिरोका कारण थाइल्यान्डमा ६ जनाको मृत्यु हुनका साथै दुई लाख ३० हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।

थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार जुलाई २१ देखि भएको भारी वर्षाका कारण १२ वटा प्रान्तमा बाढी आएको छ, जसमध्ये अधिकांश उत्तरी र मध्य क्षेत्रहरूमा परेको छ ।

आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिरहेको तथा  प्रभावितहरुलाई  आवश्यक  सहयोग गर्न प्रान्तहरूसँग समन्वय गरिरहेको  जनाएको छ ।  

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा बाढीले बासिन्दाहरू डुबानमा परेको र सडकहरूमा प्लास्टिकका डुङ्गाहरू प्रयोग गरेको देखाइएको छ ।

यद्यपि थाईल्यान्डको मौसम विभागले आगामी दिनमा वर्षा कम हुने अनुमान गरेको छ ।

वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले अधिक मौसमी परिवर्तन  निम्त्याइरहेकाले विनाशकारी बाढीको सम्भावना बढेको जनाएका छन् ।

यस अघि सन् २०११ मा थाइल्यान्डमा बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो भने लाखौं घरहरू क्षतिग्रस्त भएका थिए ।