
बैतडी, साउन १८ :
बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास ४, सिराडीकी २७ वर्षीया भागरथी साउँद छिन् ।
यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिंह साउँदले जानकारी दिए । भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा छन् ।
भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।