मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री #कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री
राजनीति

जनार्दन शर्मा भन्छन्– प्रचण्डले पार्टी बिग्रेको जिम्मा लिए म आत्मालोचना गर्न तयार छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
जनार्दन शर्मा भन्छन्– प्रचण्डले पार्टी बिग्रेको जिम्मा लिए म आत्मालोचना गर्न तयार छु
काठमाडौं, साउन १८ :

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बिग्रिएको जिम्मेवारी लिए आफू आत्मालोचना गर्न तयार रहेको बताएका छन्।

आइतबार बसेको स्थायी समिति बैठकमा शर्माले अध्यक्ष दाहालले विधि र पद्धति उल्लंघन गर्दै मनपरी ढंगले पार्टी सञ्चालन गरेको आरोप समेत लगाए।

शर्माले भने, ‘अध्यक्षले विधि र पद्धतिलाई उलङ्घन गर्नुभएको छ। यसको जिम्मा उहाँले लिनुपर्छ। त्यसपछि मात्र म आत्मालोचना गर्न तयार छु।’ स्थायी समिति सदस्यहरूका अनुसार शर्माले दाहालले नै गुटको सुरुवात गरेको दाबी समेत गरेका छन्। ‘अध्यक्षबाटै गुट सुरु भयो, त्यसपछि म पार्टीभन्दा टाढा भएँ,’ शर्माको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए।

यसअघि शनिबारको बैठकमा २५ स्थायी समिति सदस्यले सार्वजनिक मञ्चमा अध्यक्षको आलोचना गर्नु विधि विपरीत भएको भन्दै शर्मालाई आत्मालोचना गर्न आग्रह गरेका थिए। बैठकमा सामाजवादी बाटो, वाम एकता, प्रतिपक्षको भूमिका र महाधिवेशनको तयारीमा सुझाव दिन भनिए पनि वक्ताहरुले अधिकांश समय शर्मामाथिको आलोचनामा खर्चिए।

माओवादी पार्टीको परम्पराअनुसार कुनै नेताको व्यवहार पार्टी नीति विपरीत ठहरेमा आत्मालोचना मागिन्छ। यदि आत्मालोचना चित्त नबुझे कारबाही प्रक्रिया अघि बढाइन्छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार